रेडियो सरगम सफलता पूर्वक चौथो वर्षमा प्रवेश

रेडियो सरगम सफलता पूर्वक चौथो वर्षमा प्रवेश

अपन दैनिक
असोज १०, २०७६ मा प्रकाशित
७७६ पटक पढिएको
रेडियो सरगम सफलता पूर्वक चौथो वर्षमा प्रवेश

‘हरएक मनको आवजा’ सुचना ,संगीत र मनोरंजनका लागि हरपल तपाइको साथ् भन्ने मूल नाराका साथ रेडियो सरगत ९३ मगाहर्जले तेस्रो वसन्त पार गरि चौथो वर्षमा प्रवेश गरेका छन् । शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित सिरहा जिल्लाकै पहिलो ५०० वाट क्षमता भएको रेडियो सरगम ९३ मेगाहर्जले सफलतापूर्वक तेस्रो वर्ष पुरागरी आज बाट चौथो वर्षमा प्रवेश गरेको हो । तेस्रो वार्षिकोत्सवको अवसरमा श्रोताहरुले रेडियो सुन्नुपर्ने खालका लोकप्रिय, ज्ञानबर्द्धक, बौद्धिक कार्यक्रम, सन्तुलित र तथ्यपरक समाचार, सकरात्मक सोच सहितको गीतसंगित तथा मनोरञ्जनका कार्यक्रमहरु अझ बढी थपिदै लैजाने योजना रहेको रेडियोका संस्थापक अध्यक्ष फिरोज शेखले जानकारी दिएका छन् । उहाँले आफना सदस्य, बिज्ञापन दाता, कर्मचारी, सहयोगी, स्वदेश तथा विदेशमा रहेका श्रोता लगायत  रेडियोलाई यहाँ सम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सोहि अनुसार सहयोगको अपेक्षा गरेको अध्यक्ष शेखले बताउनु भएको छ । छोटो समयमा रेडियो सरगम ९३ मेगर्जले आफ्नो गुणस्तरीयता, निष्पक्षता, बोल्ने शैली, सुचना तथा मनोरंजनमा सबै स्रोता, विज्ञापनदाता, नागरिकसमाज र सिरहा, सप्तरी, धनुषा, उदयपुर, सिन्धुली, खोटाङ्ग, भारत बिहार लगायत अनलाइन प्रबिधि मार्फत देश तथा विदेशमा रहनु भएका स्रोताहरुको मन जितन सफल भएको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ट कार्य गर्दै समाज परिवर्तनमा अमुल्य योगदान पु¥याउने अध्यक्ष शेखले प्रतिवध्ता जनाएका छन् । रेडियो सरगमले विहान ४ः३० बजे देखि राति १२ बजे सम्म दैनिक २० घण्टा प्रसारण दिदै आइरहेको यस क्षेत्रका एक मात्र रेडियो स्टेसन हो ।

Apan Dainik News

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected].com
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित