जिल्ला विपद् व्यवस्थापन समिति संगको अन्तरक्रिया गोष्ठी सम्पन्न

जिल्ला विपद् व्यवस्थापन समिति संगको अन्तरक्रिया गोष्ठी सम्पन्न

रून्केश कामती
असोज ७, २०७६ मा प्रकाशित
५२३ पटक पढिएको
जिल्ला विपद् व्यवस्थापन समिति संगको अन्तरक्रिया गोष्ठी सम्पन्न

अपन दैनिक संवाददाता, सिरहा । प्रदेश स्तरीय विपद् जोखिम न्यूनिकरण नीति तथा विपद् जोखिम व्यवस्थापन रणनीतिक कार्ययोजना तर्जुमा गोष्ठी समपन्न भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको सहकार्यमा दशवर्षीय योजना तर्जमा  प्रदेश स्तरीय विपद् जोखिम न्यूनिकरण नीति तथा विपद् जोखिम व्यवस्थापन रणनीतिक सम्बन्धि अन्तरक्रिया गोष्ठी सोमवार सिरहा सदरमुकाममा सम्पन्न भएको छ । 
वार्षिक रुपमामा सिरहा सहित तराईका जिल्लाहरुमा विपदबाट हुने क्षतिलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने उदेश्यका साथ सिरहाका विभिन्न स्थानियतहका प्रमुख, विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, संचारकर्मीहरुको सहभागितामा योजना तर्जमा गोष्ठी गरिएको हो । 
गोष्ठीमा विपदका रुपमा बाढी, आगलागी, सडक दुर्घटना, शितलहरबाट कसरी जोगिन सकिन्छ र त्यस्ता आपदविपद आइपरे त्यसबाट कसरी बाचन सकिन्छ साथै त्यस्ता विपद नहुनदिन के कस्ता सामाधानका उपायहरु अपनाउनु पर्ने सम्बन्धमा ४ वटा समुह विभाजन गरी समुहबाट आएका प्रकोपको पहिचान, सवाल, समाधान, जिम्मेवारी र सहयोगी तथा समयवधी, अल्पकालिन, मध्यकालिन र दीर्घकालिन पहिचान गरी त्यस विषयमा छलफल गरिएको हो । 
उक्त अन्तरक्रिया गोष्ठी आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं २ जनकपुरधामको आयोजनामा जिल्ला विपद् व्यवस्थापन समितका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको प्रमुख आतिथ्यमा प्रमुख अतिथी प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्रालय जनकपुरधामका राज्यमन्त्री सरोज कुमार सिंह तथा अतिथीहरु जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुर, जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी, सशस्त्र प्रहरी कार्यालय सिरहाका एसपी, नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति, उधोग वाणिज्य संघ, सिरहाका अध्यक्ष,  लगायत विभिन्न कार्यालयका प्रमुख, विभिन्न राजनितिक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी, व्यापारी, संचारकर्मी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

Runkesh Kamati News

छापा संस्करण

२०७७ मंसिर १० बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित