प्रदेश २ को राजमार्गमा टाइम कार्ड, ५ घण्टामा सडक पार गर्नुपर्ने

प्रदेश २ को राजमार्गमा टाइम कार्ड, ५ घण्टामा सडक पार गर्नुपर्ने

अपन दैनिक
असोज ६, २०७६ मा प्रकाशित
५४८ पटक पढिएको
प्रदेश २ को राजमार्गमा टाइम कार्ड, ५ घण्टामा सडक पार गर्नुपर्ने

जनकपुरधाम । पूर्व–पश्चिम राजमार्ग भएर चल्ने सवारी साधनले ५ घण्टामा प्रदेश २ अन्तर्गतको सडक खण्ड पार गर्नुपर्ने भएको छ ।
प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले प्रदेशअन्तर्गतको २२५ किलोमिटर सडक ५ घण्टा २५ मिनेटभित्र पार गर्ने गरी टाइम कार्ड लागू गरेको छ ।
प्रदेश २ ट्राफिक प्रहरी कार्यालय, पथलैयाका अनुसार प्रदेश २ को पूर्वको सीमा सप्तरीको भार्दहदेखि पश्चिम बाराको पथलैयासम्म ५ घण्टा २५ मिनेटसम्म पुग्नुपर्ने हुन्छ ।
सार्वजनिक सवारी साधनलाई भारदहदेखि धनुषाको लालगढसम्मको ११५ किलोमिटरको दूरी २ घण्टा ४५ मिनेटमा पार गर्नुपर्ने गरी टाइमकार्ड लागू भएको छ । यो नियम अनुसार लालगढदेखि पथलैयासम्मको १ सय किलोमिटर दूरी २ घण्टा ४० मिनेटसम्म सबारीसाधनलाई पार गर्नुपर्ने हुन्छ ।
पश्चिमबाट पूर्वतिर आउने सवारी साधनलाई पथलैयादेखि लालगढसम्मको १ सय किलोमिटरको दूरी २ घण्टा ४० मिनेट र लालगढदेखि भारदहसम्मको १ सय २५ किलोमिटरको दूरी २ घण्टा ४५ मिनेटमा पार गर्नुपर्ने हुन्छ ।
छोटो दूरीलाई पनि टाइम कार्ड
ट्राफिक कार्यालयले छोटो दूरीका लागि पनि टाइम कार्ड बनाएको छ । जसअनुसार भारदहदेखि शम्भुनाथसम्मको ३२ किलोमिटर ४० मिनेटमा, शम्भुनाथदेखि कदमाहासम्मको २२ किलोमिटरको दूरी ३० मिनेटमा र कदमाहादेखि सिरहाको बन्दीपुरसम्मको ४३ किलोमिटरको दूरी ५५ मिनेटमा  पार गर्नुपर्ने छ ।
यस्तै बन्दीपुरदेखि धनुषाको लालगढसम्मको २९ किलोमिटर ४० मिनेटमा, लालगढदेखि कर्मैयासम्मको ४९ किलोमिटर दूरी १ घण्टा २० मिनेटमा र कर्मैयादेखि पथलैयासम्मको ५० किलोमिटरको दूरी १ घण्टा २० मिनेटमा पुग्नुपर्ने हुन्छ ।
टाइम कार्डको उल्लंघन गर्ने सवारीसाधनलाई जरिवाना तोकिने ट्राफिक प्रहरीले जनाएको छ ।
दशैंको बेला सवारी साधनको चाप हुने भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश २ ले टाइमकार्ड लागू गरेको ट्राफिक प्रहरीको भनाइ छ ।
यसअघि काठमाठौंबाट सिन्धुलीको बाटो भएर पूर्व्तर्फ आवत जावत गर्ने वीपी राजमार्गमा पनि यसरी गरी टाइमकार्ड लागू भइसकेको छ । टाइम कार्डको प्रवन्धले दुर्घटना कम हुने, यात्रुलाई सहज हुने र यातायातको व्यवस्थापन सहज हुने ट्राफिक प्रहरीको दाबी छ ।

Apan Dainik News

छापा संस्करण

२०७७ मंसिर १० बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित