सडकमा खाल्डाखुल्डी परेको कारण दैनिक दुर्घटनाको जोखीम बढदै, सम्बन्धीत निकाय मौन

सडकमा खाल्डाखुल्डी परेको कारण दैनिक दुर्घटनाको जोखीम बढदै, सम्बन्धीत निकाय मौन

रामनारायण ठाकुर
असोज ६, २०७६ मा प्रकाशित
२५८ पटक पढिएको
सडकमा खाल्डाखुल्डी परेको कारण दैनिक दुर्घटनाको जोखीम बढदै, सम्बन्धीत निकाय मौन

अपन दैनिक संवाददाता, सिरहा । सिरहाको मिर्चैया मुख्य राजमार्ग सडकहरुमा खाल्डाखुल्डी परेको कारण दैनिक दुर्घटनाको जोखीम बढेकोे छ । कतै सडक निर्माणको कार्य त कतै पुरानै सडकमा खाल्डाखुल्डी परेका कारण सवारी साधनहरुलाई गन्तब्य सम्म पुग्न चुनौती बनेको छ । सामान्य पानी पर्दा नव निर्मित सडक हिल्लामे हुने गरेको छ भने पुराना सडकहरुमा मर्मत नभएकाले खाल्डाखुल्डि परेको छ । 
बर्षै पिच्छे सडक मर्मत हुन्छ अनि केहि दिन बित्न नपाउदै सडकको अवस्था दयनिय बन्दै जाने गरेको कारण समस्या हुने गरेको सर्वसाधरणको भनाई छ ।
सडकमा परेका खाल्डा खुल्डीहरु पटक पटक टाल्ने काम गरिए पनि कम गुणस्तरका कारण त्यो टिकाउ हुन नसकेको स्थानीयहरुको तर्क छ । सडकमा परेका खाल्डाखुल्डीका कारण दुर्घट्नाको जोखिम बढेको र सडकको हालत थप कमजोर बनेको भन्दै मिर्चैया नगरपालिकाका  स्थानियहरुले यसतर्फ स्थानिय सरकारको ध्यानाकर्षण गरेका छन् । यसको तत्काल मर्मत गरि सडकको अवस्था सुधार गर्न स्थानियले आग्रह गरेका छन् ।  करिब १ महिना अगाडी मर्मत गरिएको उक्त सडक निकै छोट्टे समयमा फेरी उस्तै बनेका प्रति उनिहरुले त्यसमा प्रयोग गरिएको अलकत्रा र निर्माण समाग्रीको गुणस्तर माथी नै शंका व्यक्त गरेका छन् । 
उनिहरुका अनुसार यसप्रति स्थानिय सरकारको ध्यान जानु आवाश्यक देखिन्छ । तर, गफमा मात्र समृद्धि देख्ने असक्षम नेतृत्वका कारण विकासमा पटक पटक धोका हुने गरेको नागरीकहरुले गुनासो गरेका छन् । वर्षे विकासको मोडल फेर्न र दिगो विकासका उपायहरुको अवलम्बन गर्न उनिहरुले सुझाएका छन् । तर, यता, मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलले भने सडकको उक्त हालत प्रति आफुपनि दुखि रहेको जनाउदै तत्काल मर्मतका लागी आवाश्यक समन्वय गर्ने आश्वासन दिए ।

Ramnarayan thakur

छापा संस्करण

२०७७ मंसिर १० बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित