मुक्तिनाथ विकास बैंकमिर्चैयाद्वारा ४२ घर परिवारलाई राहत वितरण

मुक्तिनाथ विकास बैंकमिर्चैयाद्वारा ४२ घर परिवारलाई राहत वितरण

गणेश कुमार शर्मा
असोज २, २०७६ मा प्रकाशित
५९५ पटक पढिएको
मुक्तिनाथ विकास बैंकमिर्चैयाद्वारा ४२ घर परिवारलाई राहत वितरण

अपन दैनिक संवाददाता, सिरहा । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थितिजनाई समाजमा योगदान पुर्याइरहेको छ । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ मा रहेको दलित वस्तिमा मुक्तिनाथ विकास बैंकले ४२ घर परिवारलाई राहत वितरण गरेको छ । बैंकले ४२ थान झुल, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको हो । राहतमा प्रति घर लाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र १ थान झुल वितरण गरेको मुक्तिनाथ विकास बैंक लिमिटेड मिर्चैया शाखाका प्रबन्ध अरुण कुमार महतोले जानकारी दिनुभएको छ । दुई महिना अघि अविरल वर्षाको कारण परेको डुबानका कारण हालसम्म यो वस्ती माथि कसैको नजर पुगेको थिएन । वर्षाको पानी जमेर पुरै वस्ती दुर्ग्न्धित बनेको छ भने वस्तीमा प्रवेश गर्न पानीमै हेलिएर जानुपरेको बाध्यता रहेकोछ । फोहोरको कारण वस्तीका मानिहरु धमाधम बिरामी परिरहेका छन् । बिरामीकै कारण सोमबार सनोज सदाको ११ महिनाको छोरा किरण सदायको मृत्यू भएको छ । सदायको एक छोरी र एक छोरा मात्र थियो । जुन एक छोराको निधन भइसकेको छ । वस्तीमा पानी जमेर दुर्गन्धित भएको दुई महिना भइसक्यो तर सम्बन्धित निकायले अहिलेसम्म कुनै पनि चासो नदेखाएको माल्ती सदायले गुनासो गरेकी छिन । उत्त राहत वितरण कार्यक्रममा स्थानीय समाजसेवी रामप्रताप साह(भोला),विनोद साह,विकास साह,सुजित साह,विजली मंडल,अजय कुमार साह,राजकुमार मंडल,चन्देशेवर साह,चन्द्रलाल साह,विरेन्द्र सदा,झुमका मंडल, मुक्तिनाथ विकास बैंक लिमिटेड मिर्चैया शाखाका कर्मचारीहरु लगायत, नागरिक समाज,पत्रकार लगायतको रोहबरमा राहत वितार गरिएका छन ।

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित