काठमाडौं । प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने सांसदको नामावली टुंगो लगाएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकबाट नामावली टुंगो लगाएको हो ।

रास्वपाले टुंगो लगाएको समानुपातिक सांसदको नामावली पढ्नोस्–

दलित
१. सन्तोष परियार
२. शिव नेपाली

आदिवासी/जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ
२. इन्दिरा रानामगर
३. सुमना श्रेष्ठ

खसआर्य
१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी
४. विनीता कठायत

मधेसी
१. लक्ष्मी तिवारी
२. मनिष झा

थारू
१. अशोककुमार चौधरी

मुस्लिम
१.असिम शाह

यो सूची लिएर शनिबार पार्टीका पदाधिकारी निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् । पार्टीले टुंगो लगाएको नामावली पेस गरेपछि आयोगले रुजु गरी ठिक भएमा निर्वाचित भएको घोषणा गर्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ १३ सिट जितेको छ । यो पार्टीले प्रदेशसभामा उमेदवारी दिएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय