सिरहा : प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला

सिरहा : प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला

अपन दैनिक
जेठ २६, २०७७ मा प्रकाशित
१९३०१ पटक पढिएको
सिरहा : प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला

सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । करिब १७ वर्षीय अबिरचन यादव झुण्डिएको अवस्थामा फेला परेका हुन् । आइतबार मध्यरातमा उनी सोही ठाउँका जोगिन्द्र यादवको घर पुगेका थिए । स्थानीयका अनुसार अबिरचन र जोगिन्द्रकी छोरीबीच प्रेम सम्बन्ध थियो । अबिरचन राति करिब १ बजे झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ । किशोरीले आफू अबिरचन झुण्डिएको घरमा नसुतेको प्रहरी समक्ष बताएकी छन् । ती किशोरीले आफू ट्वाइलेट गएर फर्किने क्रममा घर उक्त घर पस्दा अबिरचन झुण्डिएको देखेपछि हजुरआमा र बुवालाई जानकारी गराएको बताएकी छन् । झुण्डिएका अबिरचनको नाकबाट रगत बगेको छ। नाकमा चोट लागेकाले रगत बगेको प्रहरीले बताएको छ । मृतक अबिरचनका परिवारले भने हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन् ।  मृतक अबिचरनको शव जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले कानुनी प्रक्रिया पुर्याएर पोस्टमार्टमका लागि लहान अस्पताल पठाएको छ। घटनाको विषयमा अनुसन्धान थालिएको एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

छापा संस्करण

२०७७ कार्तिक १४ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित