अपन दैनिक संवाददाता, सिरहा । निजामति सेवा दिवस/विश्व साक्षरता दिवस/फिजिायोथरापि दिवस २०७६ को अवसरमा शनिवारका दिन बिभिन्न घुम्ती शिविरका साथ विशेष टोली बरियारपट्टी गाँउपालिकामा १ दिने शिविर सम्पन्न भएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको नेतृत्वमा १ दिने एकिकृत घुम्ती सेवा अभियानको अवसरमा घुम्ती “सक्षम निजामति प्रशासन विकास समृद्धि र सुशासन निम्त्याउन” निजामति दिवस २०७६ को शिविर संचालन गरी बरियारपट्टी गाँउपालिका वाड नम्बर ४ र ५ लगायत अन्य वडाका अन्दाजी ५०० व्यक्तिलाई सेवा प्रदान गरेको छ । उक्त
शिविरमा नागरिकता प्रमाणपत्र एवं मतदाता परिचयपत्रको लागि फोटो संकलन, पशुपंक्षी लगायत स्वास्थ्य तथा आयुर्वेदद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, वृक्षारोपनको लागि निःशुल्क विभिन्न जातका विरुवा वितरण समेत गरियो भने निवेदकलाई निवेदनमा लाग्ने हुलाक टिकटको पनि निःशुल्क व्यवस्था गरिएको थियो भने नागरिकता पाउन जिल्ला प्रशासन कार्यालय सम्म पनि जान नसक्ने अशक्त, महिला, बृद्ध बृद्धाहरुलाई घर दैलोमा पुगेर नै नागरिकता वितरण गरी निजामति दिवस मनाउन नयाँ नौलो आयामको शुरुवात गरेर नै दिवस मनाएको गाउँपालिका अध्यक्ष सन्तोष महतोले बताएका छन् ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, नेपाल प्रहरीका एस.पि. उमा चतुर्वेदी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक रमेश चन्द्र यादव, सशस्त्र प्रहरीका एस.पि., गउँपालिकाका अध्यक्ष सन्तोष महतो, उपाध्यक्ष रेखा यादव, बिभिन्न वार्ड अध्यक्षहरु लगायत बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित