लहान । सिरहाको लहानमा आज (शुक्रबार) ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको १५०० औं जन्मोत्सव धुमधामका साथ मनाएका छन । ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रबीउल अव्वल १२ तारिखका दिन मुलुकको समृद्धिको कामना गर्दै सिरहाको लहानमा पैगम्बर हजरत मोहम्मदको जन्मोत्सव “मोहम्मद–डे” हर्षोल्लासका साथ हजारौ मुस्लिम समुदायहरुको उपस्तिथिमा मनाएका छन् । ‘आका की आमद – मरहब्बा, मदनी की आमद – मरहब्बा’ भन्ने नाराका साथ मुस्लिम समाज लहान नगरपालिकाको आयोजनामा लहान बजारमा मुस्लिम समुदायहरुले शान्तिपूर्ण पदयात्रा ¥याली निकाली लहान नगरपालिका परिक्रमा गरि शुक्रबार “मोहम्मद–डे” मनाएका हुन् ।
¥याली शुक्रबार विहान १० बजे लहान नगरपालिका–५ स्थित नयाँ बजारबाट शुरुभई लहानको विभिन्न भागको परिक्रमा गर्दै पुनः नयाँबजारमा गएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागीहरूले नेपालको राष्ट्रिय झन्डा सहित धार्मिक वस्त्र, धार्मिक झन्डा फहराउदै पदयात्रा ¥याली निकालेका थिए ।
नेपाल मुस्लिम संघका केन्द्रिय कोषाध्यक्ष तथा लहान नगरपालिका–५ का वडा अध्यक्ष अब्दुल करिम, पुर्व वडा अध्यक्ष सुलेमान मियाँ अन्सारी, युथ मुस्लिम वेलफेयर सोसाइटी नेपाल लहान सिरहाका अध्यक्ष मोहम्मद इसराइल सिद्दिकी, नेवि संघका पुर्व अध्यक्ष मुस्ताक शेख, शेख मिडिया हाउस प्रालिका संचालक फिरोज शेख, हज कमिटीका सदस्य रियासत लिमि मुन्ना, मोहम्मद मुस्तकिम, मोहम्मद इसाक, फैज आलम, रहमत अलि, वासिम अकरम, हासिम राइन लगायत विभिन्न मदरसा बाट आएका धर्मगुरु, युवा, महिला, छात्रछात्रा, संचारकर्मी लगायत हजारौ मुस्लिम जनसमुदायको उपस्तिथी रहेको थियो ।
यसै बीच ¥याली लाई व्यवस्थित र शान्ति, सुरक्षा प्रदान गर्न ईलाका प्रहरी कार्यलय लहानका नेपाल प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यलय लहान बाट खटिएका ट्राफिक प्रहरीहरु संगै सश्त्र प्रहरीको पनि बाक्लो उपस्तिथी रहेको थियो । त्यस्तै मुस्लिम समुदायका मानिसहरुले विहिबार राती धार्मिक प्रवचन गर्नुका साथै घर, टोल, मदरसा र मस्जिदलाई झकिझकाउ बनाइ मस्जिदमा राती जाग्राम बसि धर्मग्रन्थ कुरआनको तिलावत (वाचन) र नफिल नमाज पढ्ने लगायतका धार्मिक कार्यहरु समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय