खेलकुदसमाचार
Trending

चेल्सीको शानदार सुरुआत

ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । चेल्सीले प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरुआत गरेको छ । लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-० ले हरायो ।

ADVERTISEMENT

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि मार्कवस अलोन्सोले २७औं, क्रिस्टियन पुलिसिकले ४०औं र प्रिमियर लिगमा डेब्यु गरेका ट्रभो चालोबाले ५८औं मिनेटमा गोल गरे ।

यस्तै लेस्टर सिटीले वल्भ्सलाई १-० ले हराउँदै विजयी सुरुआत गरेको छ । घरेलु मैदानमा लेस्टरलाई जिताउन जेमी भार्डीले ४१औं मिनेटमा गोल गरे ।

एभरटनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै साउथह्याम्पटनलाई ३-१ ले हरायो । एभरटनका लागि रिचार्लिसन, अब्दोलाए डेकोउरे र डोमिनिक काल्भार्ट लेविनले गोल गरे । त्यसअघि साउथह्याम्पटनका लागि एडम आम्सट्रङले गोल गरेका थिए ।

यस्तै वाटफोर्डले एस्टन भिल्लालाई ३-२ ले हराउँदै ब्राइटनले बर्नलीविरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button