खेलकुदसमाचार
Trending

मोनाको र नेन्ट्सबीच बराबरी

ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौँ । मोनाको र नेन्ट्सले शुक्रबार फ्रान्सेली लिग वानको पहिलो खेलमा १–१ को बराबरी खेलेका छन् । नयाँ सिजनको उद्घाटन खेलमा मोनाकाले जेलिसन मार्टिन्सको गोलले १४ औं मिनेटमा अग्रता लिएको थियो ।

ADVERTISEMENT

तर जिन चार्ल्सले ४२ औं मिनेटमा नेन्ट्सका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा कुनै गोल हुन सकेन र दुवै टिमले एक-एक अंकमा चित्त बुझाए ।

गत सिजन लिगको तेस्रो स्थानमा रहेको मोनाकोले यसपल्ट केही नयाँ अनुबन्ध गरेको छ र सन् २०१७ यता पहिलो लिग उपाधि जित्ने प्रयासमा रहेको छ । तर उद्घाटन खेलमा बराबरी उसका लागि सुरुवाती धक्का बनेको छ ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button