सभ्याता र भाषालाई मानवको पहिचानसँग जोडिएको विषय हो । विश्वमा अनेक प्रकारका सभ्यता रहँदै आएको थियो । जुन कालान्तरमा ओझेलमा पर्दै गयो । त्यही भएर आफ्नो सभ्यता, संस्कृति विर्सिदिए त्यसले आफूलाई विर्सिएको भन्दा कम हुँदैनन् भन्ने अनेक भनाई प्रचलनमा रहेको छ । मधेशका गाउँघरमा अनेक प्रकारका खिस्सा, कहानीहरु, भगतहरु रहेको थियो । त्यो कुनै काल्पिनिक थिए भने कतिपय घटनाक्रमसँग जोडिए बनेका कथाहरु थिए । विश्वका शक्तिशाली देशका रुपमा रहेका ब्रिटेनले आफ्नो सम्राज्य स्थापना गर्दाखेरी बहुमल्य वस्तु र ऐतिहासिक महत्वका सामग्रीहरु आफ्नो देश लगे । एक समय तराई मधेशसँगै भारत वर्षका अनेक राज्यहरुबाट खोसिएको अहिले पनि बेलायतमा म्युजियममा ती सामग्रीहरु अवलोकन गर्न राखिएको छ । जसको बेला बखत फिर्ति गर्नुपर्ने माग पनि उठ्दै आएको छ । यसैले ती सामग्रीको महत्वलाई दर्शाएको छ ।
संविधान जारी भएपछि देशभर ७ सय ७३ स्थानीय तह गठन भएको छ । स्थानीय तहहरुले आफू अनुसारको कामहरु पनि गर्दै आईरहेको छ । जसमध्ये काठमाडौं महानगरपालिकाले आफ्नो पृथक छवीलाई उजागर गर्दै आईरहेको छ । काठमाडौं महानगरपालिकाले आफ्नो सभ्यता र संस्कृतिलाई उजागर गर्ने गरी पछिल्लो समय विभिन्न कामहरु गर्दै आईरहेको छ । यसले काठमाडौंको ती कालखण्डका सभ्यता संस्कृति झल्काउन मद्दत मिल्छ । यो काठमाडौं महानगरले मात्र गर्ने काम होईन । सिरहा नगरपालिकाजस्तै देशका अन्य स्थानीय तहहरुले पनि आफ्नो मौलिकतालाई प्रखर रुपमा अगाडी ल्याउनु पर्छ ।
खासगरी सिरहा नगरपालिका स्थापना भएको २७ वर्ष पुगेको छ । सिरहा नगरपालिकासँग आफ्नो मौलिकता जोगाउने खासै कुनै काम भएको छैन् । जबकी सिरहा नगरपालिका–७ मा १२/१३औं शताब्दीताका राजा सलहेशको प्रसंग चर्चामा छ । लोकदेवताको रुपमा राजा सलहेश मिथिलाको विभिन्न गाउँगाउँमा पुजिन्छ । धरोहरको केन्द्रको रुपमा रहेको लोक देवताको सलहेश गहबर क्षेत्रलाई उजागर गर्न सिरहा नगरपालिकाले अझैं सफलता हासिल गर्न सकेको र्छैन् । लोकदेवता सलहेशको बारेमा प्रचलित लोकनाच बाहेक बालबालिकालाई जानकारी मिल्ने सामग्री नै तयार भएको छैन् । केही विद्धानहरुले उपन्यास, नाटक, अनुसंधान, शोध प्रकाशित गरेपनि बालबालिकाले सहजै बुझ्न सक्ने गरी कुनै सामग्री पाईदैन् । त्यसैले सिरहा नगरपालिकाले अहिले स्थानीय पाठ्यक्रमलाई बनाउने तर्फ अग्रसरता देखाएको छ । यो राम्रो र सवल पक्ष हो । ढिला भएपनि सिरहा नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने चेस्टा गर्नु भोलीका निम्ति लाभदायी विषय हो । यसमा ध्यान दिनुपर्ने कुराहरु छ । विशेषगरी सिरहा नगरपालिका क्षेत्रमा रहेको भाषा, संस्कृति, प्राचिन महत्वको स्थल, रहनसहन, खिस्सा, कहानी, खानपान, अन्नपात जस्ता विषयलाई समावेश गरी पाठ्यक्रम बन्नुपर्छ । जसले गर्दा विश्व ग्लोब्लाईजेशन भईरहँदा बालबालिकाले आफ्नो क्षेत्रको रहनसहन, भेषभूषा, खानपान, भाषा, संस्कृति, प्राचीन महत्वको विषयमा बलियो पकड बनाउन सक्नेछ । यसले यस क्षेत्रका कला संस्कृतिको उजार हुने र आफ्नो सभ्यता संस्कृतिको जगेर्ना पनि हुनेछ । त्यस कारणले सिरहा नगरपालिकाले यस विषयलाई गम्भीर रुपमा लिएर पाठय्क्रम तयार गर्नु जरुरी छ ।