राशिफल
Trending

आजको राशिफल: २०७८ असोज ९ गते शनिवार

ADVERTISEMENT
ADVERTISEMENT

मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कर्तव्य बोध हुने र आस्था बढ्नेछ । परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।

ADVERTISEMENT

बृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ । धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ ।

मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा)
यात्रा गर्ने अवसर जुट्न सक्छ । वाणीमा कुशलता आउने योग परेको दिन छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफन्त तथा मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पनि मिल्नेछ ।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । कसै सैलाई परदेशी घर फर्कने र रमाइलो वातावरण छाउनेछ ।

कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज औपचारिकतामा बढी व्यस्त रहन पर्नसक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता भने बढ्न सक्छ ।

ADVERTISEMENT

तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजबाट लामो समस्याबाट रोकिएको काम पुन: प्रारम्भ हुनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

बृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ ।

धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ ।

मकर
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज मन हर्ष र प्रसन्नताका साथ समय व्यतीत हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्नेछ ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा)
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । व्यापारमा विशेष सफलता हात लाग्नेछ ।

मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज बोलीवचन एवं भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । विपरीत वर्ग प्रति आकर्षण बढ्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Facebook Notice for EU! You need to login to view and post FB Comments!

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button