राजनीति

सचिव पद पाउनुपर्ने प्रभु साहको माग

प्रदेश २ लाई प्राथमिकता दिइनुपर्ने

ADVERTISEMENT
ADVERTISEMENT

चितवन । एमाले नेता प्रभु साहले १० औं राष्ट्रिय महाधिवेशनबाट सचिव पद पाउनुपर्ने माग गरेका छन् । सर्वसम्मत नेतृत्व चयनको गृहकार्य भइरहेका बेला साहले सचिव पद माग गरेका हुन् ।

ADVERTISEMENT

उनले केन्द्रीय पदाधिकारी र सदस्यमा प्रदेश २ लाई प्राथमिकता दिनसमेत माग गरेका छन् । ‘प्रभु साहले प्रदेश २ लाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटी बनाउन जोड गर्नुभएको छ, सबैजसो प्रदेशबाट पदाधिकारी चयन हुने भए पनि प्रदेश २ बाट सम्भावना कम देखिएपछि पदाधिकारीमा प्रतिनिधित्व गराउनुपर्ने निवर्तमान अध्यक्ष केपी ओलीसँग माग राख्नुभएको छ,’ उनीनिकट एक नेताले भने ।

ADVERTISEMENT

ती नेताका अनुसार एमाले केन्द्रीय कमिटीलाई समावेशी र समानुपातिक बनाउन पदाधिकारी, केन्द्रीय, स्थायी र पोलिटब्यूरो कमिटीमा मधेसी समुदायको प्रतिनिधित्व गराउन साहले ओलीसमक्ष माग राखेका छन् ।

नेकपा माओवादी केन्द्रबाट एमालेमा रहेका शीर्ष नेतालाई पदाधिकारीदेखि नै समेटेमा मात्र कार्यकर्ता पंक्तिमा राम्रो सन्देश जाने विषयमासमेत ओलीको ध्यानाकर्षण गराएको ती नेताको भनाइ छ । रामबहादुर थापालाई उपाध्यक्ष र टोपबहादुर रायमाझीलाई सचिव पद दिने लगभग पक्कापक्की भए पनि साहलाई भने मधेसी समुदायको तर्फबाट प्रतिनिधित्व गराउन सचिव पद दिनुपर्ने साह निकट नेताहरूले माग गरिरहेका छन् । साह नेतृत्वकाे साइबर सेनालाई पार्टीकाे जनवर्गीय स‌गठनकाे मान्यता नदिइएकाे भन्दै पछिल्लाे समय साह ओलीसँग रुष्ट थिए । ललितपुरको गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनमा उपस्थित नभएका साह पछिल्लो समय केन्द्रीय कमिटी बैठकमा सहभागी भएर एमालेमै रहने सन्देश दिएका थिए ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button