पेट्रोलियम पदार्थ

एजेन्सी — पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा विभिन्न देशका सर्वसाधारण गर्छन् । मूल्यवृद्धिको कुनै भौगोलिकस सीमा देखिँदैन तर कतिपय सरकारहरूले जनतालाई राहत दिने कार्यक्रम लागू गर्छन् ।

भारतको नयाँदिल्ली प्रदेश सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ । सरकारले लिने भ्याट (कर) घटाउँदा यसको प्रत्यक्ष सुविधा जनतालाई पर्नेछ । भ्याट बढी हुँदा जनताले पेट्रोलको मूल्य बढी तिर्नुपर्थ्यो ।

बुधवार बसेको दिल्ली सरकार मन्त्रिपरिषद् बैठकले ८ रुपैयाँ प्रतिलिटर भ्याट छुट गर्ने निर्णय गरेसँगै मूल्य घटेको छ । दिल्ली सरकारले पेट्रोलमा लाग्ने भ्याटलाई ३० प्रतिशतबाट घटाएर १९.४ प्रतिशतमा झारेको छ । बुधवार रातिदेखि नै घटेको मूल्य लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस वर्ष शुरूदेखि नै पेट्रोलको मूल्य लगातार बढिरहँदा सर्वसाधारण मर्कामा परेपछि दिल्ली सरकारले राहतका लागि भ्याट छुटको निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!