सम्पादकीय

चुहावट नियन्त्रणमा जोड दिदै प्राधिकरण (सम्पादकीय)

ADVERTISEMENT
ADVERTISEMENT

नेपालबाट भारतमा विद्युती विक्रि गर्न थालिएको छ । भारतसँगको विद्युत व्यापार सम्झौता अनुसार चालू आर्थिक वर्षदेखि विद्युत भारत निर्यात थालिएको छ । नेपालमा उत्पादन भएको विद्युत भारत लगायत बंगलादेशसम्म निर्यात गर्ने गरी थप काम भईरहेको छ । नेपाली विद्युत विदेश निर्यातले देशको आम्दानीको स्रोत बढ्दै जानेछ । यो विद्युतको क्षेत्रमा एक प्रकारले फड्को मार्न खोजिएको भन्न सकिन्छ ।

ADVERTISEMENT

नेपाल विद्युत प्राधिकरण अन्र्तगत सिरहा जिल्लामा रहेका वितरण केन्द्रहरुले चुहावट नियन्त्रणलाई थप बल प्रदान गर्नु पर्छ । केही समय अघि लहान वितरण केन्द्रले विद्युत चुहावटको प्रतिशतमा सुधार गरेको छ । केन्द्रले आर्थिक वर्ष २०७७/०७८ मा लहान क्षेत्रमा करिब ५ प्रतिशत विद्युत चुहाबटमा कमी ल्याउन सकेको छ । अभियान सञ्चालन गरेपछि चुहाबट ३२ दशमलव ९५ प्रतिशतमा झरेको हो । यस अगाडी करिब ३७ प्रतिशत विद्युत चुहाबट भएको थियो । विद्युत् चुहावट नियन्त्रणका क्रममा हुकिङ गरी विद्युत चुहाबट गर्नेलाई कारबाहीको दायरामा ल्याएर प्राधिकरण लहान वितरण केन्द्रले १७ लाख ४७ हजार ७५४ राजस्व संकलन र १७६ थान विद्युत उपकरण बरामद गर्यो । यो एउटा सकारात्मक पक्ष हो । चुहावट नियन्त्रणमा जोड दिनुपर्छ । त्यससँगै विद्युत लाईनको सहज पहुँचमा नागरिकलाई ल्याउन र सुरक्षित तरिकाले विद्युत प्रयोग गर्र्न अभियान पनि थाल्नुपर्छ । जसले उपभोक्ताको जीवनको सुरक्षामा प्रभावकारी हुन सक्छ ।

ADVERTISEMENT

यता विदेश निर्यात गरिरहँदा देशमा भईरहेको विद्युत चुहावट नियन्त्रणमा अझ प्रभावकारी काम गर्न सक्नुपर्छ । यसका निम्ति विद्युत चुहाबट नियन्त्रण अभियानलाई दिगो बनाई तिव्रताका साथ कार्यान्वनमा लैजानु जरुरी छ । नागरिकलाई सहज र सस्तो दरमा विद्युत उपलब्ध गराउन पनि चुहावट नियन्त्रणमा जोड दिनु पर्छ । विद्युतको प्राविधिक क्षतिलाई पनि न्यूनीकरण गर्नु जरुरी छ । जसले विद्युतको क्षति कम गर्न सक्छ । यसमा सिरहा जिल्लाका तीन वटै वितरण केन्द्रले प्रयाप्त ध्यान दिई समय सापेक्ष अनुसारको प्रविधि र उपकरण जडान गर्नुपर्छ ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button