सम्पादकीय

चाडपर्वमा जुवातास

ADVERTISEMENT
ADVERTISEMENT

चाडपर्वको आरम्भसँगै नेपालमा जुवातास फस्टाउने गर्छ । विजया दशमीको आगमनसँगै जुवातासमा समूहसमूह बनाएर लाखौं करौडौं रकमको खेल खेल्ने गर्छन् । नेपालमा जुवातास खेल्न बन्देज गरिएको छ ।
चाडपर्वको बेला जहाँत्यही जुवातास खेल्ने होडबाजी नै चल्ने गर्छ । जसमा लाखौं करौडौं रुपैयाँको एकै रातमा हारजित हुने गर्छ । सिरहा जिल्लामा पनि विभिन्न होटलहरुमा जुवातास अवैध रुपमा खेल्ने खेलाउने गरिन्छ । जिल्लाको ग्रामीण क्षेत्रका चौकमा मनोरंजनका निम्ति पनि जुवातास खेल्ने गर्छन् । त्यसका अलावा ठूलो रकमको खेल पनि हुन्छ ।

ADVERTISEMENT

सिरहा जिल्लामा प्रहरीको समन्वयमा जुवातास हुँदा कतिपय स्थानमा निर्धक्कसाथ संचालन हुन्छ । कतै प्रहरीसँगको कनेक्शन बिग्रिएमा जुवातास खेल्ने ठाउँमा प्रहरीको छापा मार्ने गरिन्छ । जुवातासमा नेतादेखि कर्मचारीको समेत सहभागिता रह्ने गर्छन् । जसको एउटा उदाहरण सलार्हीका तात्कालिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका एसपीहरुको सहभागिता सम्बन्धी भिडियो सार्वजनिक भएको थियो । त्यसपछि उनीहरुलाई कारबाही पनि गरिएको छ ।

ADVERTISEMENT

सिरहाको मिर्चैयामा रहेको खुश्वु होटल एण्ड पार्टी प्यालेसमा जुवातास भईरहेको सूचनाको आधारमा शुक्रवार विहान प्रहरी टोलीले छापामारी गरेको थियो । जुवातास खेल्नेहरु भाग्न सफल भएपनि प्रहरी ६ थान मोटरसाईकल र होटल संचालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीको जुवातास नियन्त्रण सम्बन्धी कार्यक्रम आक्कझुक्कल हुने गर्छ । जसले गर्दा ठूलो मात्रामा जुवातास जिल्लाको विभिन्न स्थानमा निर्वाध रुपमा भईरहेको छ ।
प्रहरीले अवैध रुपमा संचालनमा रहेको जुवातास नियन्त्रणमा प्रभावकारी पहल गर्नुपर्छ । आफ्नो सूचना सुत्रलाई बलियो बनाउनु जरुरी छ । शक्तिबालाको सहभागिता भएपनि नियमनको दायरामा ल्याउनु पर्छ । जसले गर्दा मौलाउँदै गएको जुवातासको गतिविधि न्यूनिकरण हुन सकोस् ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button