मनसुन सक्रिय हुँदा सिरहा जिल्लासँगै देशको विभिन्न भागमा भारी वर्षा भएको छ । वर्षाको कारण वाढी, डुवान, कटान र पहिरो आएर व्यापक क्षति पुगेको छ । सिरहा जिल्लामा पनि कमला, बलान, गागन, घुर्मी जस्ता नदी र खोलका कारणले डुबान र कटानको अवस्था सृजना भएको छ । यी सँगै लगातारको वाढीले गर्दा ग्रामीण देखि मुख्य सडकहरु हिलाम्मे र खाल्डाखुल्डीमा परिणत भएको छ ।
सदरमुकाम सिरहा जोड्ने मिर्चैया–कल्याणपुर–सिरहा सडक खण्ड, पूर्वपश्चिम राजमार्ग अन्र्तगत चोहर्वा–मिर्चैया–बन्दीपुर सडकखण्ड, सिरहा सदरमुकाम जोड्ने चोहर्वा–विष्णुपुर–सिरहा सडक खण्डमा अहिले विभिन्न ठाउँमा खाल्डाखुल्डी बनेको छ । मुख्य सडकहरुमा खाल्डाखुल्डीको संख्या वृद्धि भएसँगै सवारी दुर्घटनाको जोखिम थपिएको छ ।
सडक मर्मत सम्भार, स्तोरोन्नतीको जिम्मेवारी बोकेको सडक डिभिजन कार्यालय लहान, पूर्वाधार विकास कार्यालय सिरहाले समयमै ध्यान दिन नसक्दा वर्षाका बेला नागरिकलाई सास्ती भोग्नुपर्ने बाध्यता आईपरेको छ । मुख्य सडकको अवस्था दयनीय छ । सदरमुकाम सिरहाको सडक पनि सडक डिभिजन कार्यालय लहानको अधिकारक्षेत्रभित्र रहेको छ । ट्राफिकचौकदेखि हेमनारायण चौक– इमली चौक–महावीर चौकसम्मको सडकमा पनि खाल्डाखुल्डी बनेको छ । जिल्लाको मुख्य प्रशासनिक निकायको कार्यालयहरुको अगाडीमै ठूलाठूला खाल्डाखुल्डी बनेको छ । जसले गर्दा नागरिकलाई दुर्घटनाको उच्च जोखिम रहेको छ । डिभिजन सडक कार्यालय लहानले यसप्रति कुनै वास्ता नै गरेको छैन् । असारे विकासका नाउँमा वर्षेनी करौडौं बजेट खर्च गर्ने डिभिजन सडक कार्यालय लहान मुख्य सडकमा सयौं खाल्डाखुल्डी परेपनि मौन बसेको छ । मिर्चैया–कल्यापुर–सिरहा सडक खण्ड ठूलाठूला खाल्डाखुल्डीमा परिणत हुँदा पूर्वाधार विकास कार्यालय मौन छ ।
मुख्य सडकको अवस्था दयनीय छ । त्यससँगै ग्रामीण सडकहरुमा स्थानीय सरकारले वेवास्ता गर्दा नागरिकलाई झन् सास्ती खेप्नु पर्छ । योजना विनाको सडक निर्माण र व्यवस्थापनमा त्रुटीले गर्दा ग्रामीण सडकको अवस्था झन् विजोग छ । यस्तो अवस्थाका कारण जोमिख र आकस्मिक बेलामा उपचार र उद्धारमा पनि समस्या आउन सक्ने खतरा छ । यसकारण स्थानीय तहसँगै सडक डिभिजन कार्यालय लहान, पूर्वाधार विकास कार्यालय सिरहा लगायतले सडक मर्मतसम्भारमा चासो दिनु जरुरी छ । नागरिकको ज्यानको सुरक्षाको निम्ति पनि सडक मर्मतलाई वर्षा रोकिएसँगै थाल्नु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!