सम्पादकीय

फैसला कार्यान्वयनमा जोड (सम्पादकीय)

ADVERTISEMENT
ADVERTISEMENT

जिल्ला अदालत सिरहाले अन्तिम फैसला गरी सजाय सुनाएपछि फरार रहेकालाई पक्राउ गर्न जोड दिएको छ । फैसला कार्यान्वयन गर्न गराउन अदालतले जोड दिएको देखिन्छ । जिल्ला अदालत सिरहाको आदेशसँगै जिल्ला प्रहरी कार्यालय सिरहाले विभिन्न अपराध कर्ममा सजाय र जरिवाना तय भएर फरार रहेकालाई पक्राउ अभियान जारी राखेको छ । अहिले जिल्ला प्रहरी कार्यालय र माहतका प्रहरी इकाइहरुले फरार रहेकाहरुलाई पक्राउ गरी अदालतमा बुझाउने क्रम वढ्न थालेको छ ।

ADVERTISEMENT

फैसला कार्यान्वयनमा जोड दिएपछि दशकौं पूराना देखि भर्खरै सजाय र जरिवानाको फैसला सुनाईएपछि फरार रहेकालाई भुक्तान गर्न पक्राउ गर्न थालेका छन् । जिल्ला अदालत सिरहा सक्रिय भएपछि प्रहरी पनि सक्रिय भएको छ । अदालतले फैसला कार्यान्वयमा जोड दिएपछि मात्र प्रहरी अगाडी वढेको छ । आफ्नै घरमा बस्दै आएकाहरुको बारेमा सूचना भएपनि प्रहरीले कुनै वास्ता गरिरहेको थिएन् । यसवीचमा जिल्ला अदालत सिरहाले आफ्नो रणनीतिक अनुसार फैसला कार्यान्वयनमा जोड दिएपछि प्रहरीको सक्रियता वढेका पाईन्छ ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय सिरहा र मातहतका प्रहरी ईकाइहरुले दैनिक २ देखि ५ जनासम्मलाई पक्राउ गर्न थालेको छ । प्रहरीको टोली अहिले गाउँगाउँ पुगेर फरारको सूचीमा रहेकालाई पक्राउ गर्न थालेको छ । अदालतमा मुद्दा बुझाउँदा प्रहरीले मुख्य अभियुक्तलाई समयमै पक्राउ गर्न सक्नु पर्छ । त्यसले न्याय सम्पादनमा ठूलो भूमिका खेल्न सक्छ । प्रहरीले घटनामा आरोपितहरुलाई पक्राउ विनै अदालतमा मुद्दा बुझाएपछि सजाय र जरिवानाको फैसला आएपछि उनीहरु फरार हुने अवस्था आईपुग्ने गर्छ । त्यस्तो अवस्था सृजना नहुनेगरी प्रहरीले सुरुदेखि नै भूमिका खेल्नुपर्छ । फैसला कार्यान्वनमा जोड दिईए अदालतप्रतिका सम्मान नागरिकमा झन् वढ्न सक्छ । यसप्रति जिल्ला अदालत सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाले सोच्नुपर्छ ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button