अपन दैनिक
भदौ ८, २०७७ मा प्रकाशित
४७० पटक पढिएको

कोभिड–१९ को संक्रमण समुदाय स्तरमा कस्तो छ ? समुदाय स्तरमा कोभिड–१९ फैलिनुको स्रोत के हो ? क्वारेन्टाईन, आईसोलनको व्यवस्थापन कस्तो छ ?
लकडाउन खुकुलो भएसँगै समुदायमा कोरोना भैलिएको अडकल गरिएको थियो । तर विस्तारै त्यसो कुरा सही साबित हुन पुगेको छ । कोरोना संक्रमणको दर बुझ्न अहिले जिल्लाका स्थानीय तहहरुमा परीक्षणको दायरा बनाउनु पर्ने आवश्यकता देखिएको छ ।
मानिसको आवत–जावत लगभग खुला छ । गाउँदेखि जिल्लाका बजार क्षेत्रमा मोटरसाईकल, साईकल र कतिपय चारपाङेमा यात्रा गरिरहेको दृश्यहरु देख्न सकिन्छ । ग्रामीण भेगमा स–साना पसलहरु खुला हुने गरेको छ । बजार क्षेत्रमा पनि लुकिछुपी कारोबार हुँदै आएको छ । दैनिक उपभोग्य बस्तु बाहेक निर्माणमा आवश्यक पर्ने सिमेन्ट, रड, पेन्ट जस्ता सामग्रीहरु अझैं पनि विक्रि वितरण भैरहेको छ । खासमा लामो समयको लकडाउनबाट आजित भएरै व्यवसायीहरु चुनौती लिएर पनि लुकिपिछी कारोबार गर्दै आएको हो ।
गाउँ देखि सहर बजारमा पनि लकडाउनका वीच व्यवसाय र चहल पहल भैरहँदा कोरोनाको जोखिम उच्च छ । यसैले पनि सिरहा जिल्लाका १७ वटै स्थानीय तहले आफ्नो क्षेत्रमा कोरोना संक्रमणको वास्तविक अवस्था बुझ्न पनि परीक्षणको दर बनाउनु पर्छ । पछिल्ला केही दिनदेखि जिल्लाका प्रहरी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी पनि संक्रमित भेटिएका छन् ।
कोरोना संक्रमणको स्थिती बुझ्न र सम्भावित जोखिमबाट ठूलो जनसंख्यालाई जोगाउन पनि परिक्षणको दर बनाउनुको विकल्प छैन् । संक्रमित देखिएमा व्यवस्थापन गर्न सकिन्छ तर परीक्षण नै नभएको वास्तविकता आउन सक्दैन् । यसैले बजार केन्द्रित भएर मात्रै नभएर सिमावर्ती ग्रामीण क्षेत्रमा पनि परीक्षण दर बनाउनु पर्छ । भारतसँग खुला सिमा भएकोले लुकीछिपी आउनेजाने क्रम रोकिएको छैन् । यसैले पनि सिमावर्ती क्षेत्रमा पनि व्यापक रुपमा परीक्षण दर बढाउँदै सम्भावित जोखिमलाई ध्यानमा राख्दै आईसोलेसन लगायतको व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!