सम्पादकीय
पौष १०, २०७७ मा प्रकाशित
४५७ पटक पढिएको

 

संसद विघटन गरिएपछि देशमा राजनीतिक अन्यौलता छाएको छ । नेकपा केपी ओली समूह र नेकपा प्रचण्ड–माधव नेपालवीच पार्टी, चुनाव चिन्हका निम्ति रस्साकस्सी भैईरहँदा विकासका आयोजनामा प्रभाव पर्ने पक्कापक्की छ ।
संसद विघटनलाई लिएर नेपाली काँग्रेस, जनता समाजवादी पार्टी पनि विरोधमा उत्रिएपछि देशमा विकास भन्दा राजनीतिक मुद्दाको व्यवस्थापन मुख्य कुरा भएको देखिन्छ । राष्ट्रिय गौरब अन्र्तगत पर्ने मधेसको लाईफलाईन हुलाकी मार्ग, कमला–बलान पुल, अरुण तेस्रो जल विद्युत आयोजना, दू्रत मार्ग, सुरुङ मार्ग, जयनगर–जनकपुर रेलसेवा संचालन, पूर्वपश्चिम राजमार्गको निर्माण कार्य जस्ता आयोजनाहरुमा असर देखिन थालेको छ ।

पानी जहाज चलाउने, हावाबाट विजुली निकाल्ने, उत्तरदक्षिण रेल सेवा सञ्चालन जस्ता आयोजना र सम्भावित आयोजनाहरुले पनि कामले गति पाउन मुस्किल पर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको टिम सक्ता, शक्ति, अगामी चुनावलाई लक्षित गरी अभियानमा जुट्ने संकेत गरिरहेको छ । अर्को तिर विपक्षी दलहरुमा पनि चुनावमा जाने सँगै विरोधमा उत्रने जस्ता योजनाहरु हुँदैछ÷गरिदैछ । यसले गर्दा देशका राष्ट्रिय गौरबका आयोजनाहरु कोपभाजनमा पर्ने प्रबल सम्भावना छ ।

राष्ट्रिय गौरबका आयोजनामा रहेको हुलाकी सडकमार्ग निर्माणलाई चालू आर्थिक वर्षमा पूरा गराउन तल्लो तप्काबाट दबाब अपरिहार्य छ । सक्ता र राजनीतिक दल संसद विघटन, संवैधानिक इजलाशको प्रतिक्षा, संवैधानिक आयोगहरुमा नियुक्तको सिफारिस जस्ता विषयमा केन्द्रित छ । यसैले पनि राष्ट्रिय गौरबका आयोजनाहरुलाई गति दिलाउन प्रयत्नहरु हुनुपर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!