सम्पादकीय
कार्तिक २०, २०७७ मा प्रकाशित
४७९ पटक पढिएको

स्वस्थ्य शरीरको लागि खेलकुद नितान्त आवश्यक छ । त्यसैले संसारभरी विभिन्न स्वरुपका खेलहरु हुँदै आएको छ । भारतमा हुने ईन्डियन प्रिमियर लिग (आईपिएल) कोरोना जोखिमलाई ध्यानमा राख्दै दर्शक विना युनाईटेड अरब ईमिराट्स (युएई) को विभिन्न सहरमा भैरहेको छ ।
कोरोना जोखिमलाई ध्यानमा राख्दै यरोपियन देशहरुमा पनि फुटबल खेलकुदहरुको आयोजना गरिएको छ । दर्शक विना भएको खेलहरुको सफल आयोजना भएको छ । विश्वका विभिन्न देशमा फुटबल, क्रिकेट जस्ता ठूला खेलकुद भैरहँदा नेपालमा कोराना जोखिमका वीचमा पनि खेलकुदलाई अगाडी बढाउनु पर्ने दबाब देखिदै आएको छ ।
त्यसो त सिरहा जिल्लाको विभिन्न स्थानमा पनि फुटबल, क्रिकेट खेलको आयोजना गरिएको थियो र अझैं कतिपय स्थानमा प्रतियोगिताहरु संचालनमा छ । कोरोना संक्रमणको जोखिम उच्च छ । झन् दोस्रो लहरको चौतर्फी चर्चा भैरहँदा आउन सक्ने जटिलता र खेलकुदमा पार्न सक्ने प्रभावका वारेमा पनि व्यापक समिक्षा हुनु जरुरी छ । कोरोना संक्रमणको जटिलताका बाबजूत स्वास्थ्यको मापदण्ड अनुसार खेलकुदको आयोजना गर्न/गराउन स्थानीय तहहरुले पनि सोच्नुपर्ने बेला हो ।
खेलकुद नहुँदा खेलाडीहरुमा पनि मानसिक रुपमा प्रभाव पार्ने भएकोले त्यस तर्फ स्थानीय तहहरुले योजना बुन्नु र त्यसै अनुसारका खेलकुद गतिविधी बढाउनु पर्छ । खेलकुदलाई सुरक्षित रुपमा अगाडी बढाउन अपनाउनु पर्ने सवैखाले साबधानी र आन्तरीक व्यवस्थापनमा पनि जोड दिनुपर्छ ।
स्थानीय तहहरुले खेलकुदको गतिविधीवारेमा प्रयाप्त ध्यान दिन नसक्दा युवाहरुको पलायनको जोखिमसँगै कुलतमा लाग्ने सक्ने सम्भावना पनि हुनसक्छ । यसले थप जटिलता थपिनेछ । यस कारणले पनि स्थानीय तह र अन्य सरोकारवालाले खेलकुद गतिविधीलाई सुरक्षित तवरले अगाडी वढाउन प्रयाप्त ध्यान दिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!