काठमाडौं । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन् ।

माओवादी केन्द्रबाट आज पौडेलसँगै शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री र बोधमाया यादव राज्यमन्त्री बन्दैछन् । माओवादीले बुधबार नै मन्त्रीहरुको नाम टुंगो लगाएको थियो, तर मन्त्रालय टुंगिएको थिएन ।

माओवादी नेताहरुका अनुसार पौडेल शिक्षा र श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बन्नेछन् । गहतराज भने युवा तथा खेलकुदमन्त्री हुनेछन् ।

‘अहिलेसम्म फाइनल यही हो, सपथ हुने बेलासम्म हेरफेर हुन पनि सक्छ’ माओवादी केन्द्रका एक नेताले भने ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाएको छ । देउवाले प्रधानमन्त्रीबाट सपथ लिएकै दिन जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!