राजनीतिसमाचार
Trending

हेटौडाकी उपमेयरसहित २५ जनाले एमाले छोडे

ADVERTISEMENT
ADVERTISEMENT

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामासहित २५ जना जनप्रतिनिधिले एमाले त्याग्दै नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।

ADVERTISEMENT

बिहीबार प्रदेश निर्वाचन कार्यालय हेटौडामा पुगेर उपमेयर लामासहित २५ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन्। मकवानपुरका १० वटा स्थानीय तहका २५ जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए।

ADVERTISEMENT

उपमेयर लामासँगै मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तान र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पनि सनाखत गरेका छन्। त्यस्तै थाहा नगरपालिकाका–११ का वडा अध्यक्ष किरणमान बलसहित अर्का एक वडा अध्यक्षले पनि सनाखत गरेको जनाइएको छ।

यसअघि बागमती प्रदेशसभामा मकवानपुरबाट निर्वाचित मुनु सिग्देल र प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले पनि समाजवादीमा सनाखत गरिसकेका छन्।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published.

Back to top button
Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!