नेपाली कांग्रेसको १४ औँ महाधिवेशन ।। प्रत्यक्ष प्रसारण ।। काठमाडौं II Apan Dainikनेपाली कांग्रेसको १४ औँ महाधिवेशन ।। प्रत्यक्ष प्रसारण ।। काठमाडौं II Apan Dainik
Posted by Apan Dainik - अपन दैनिक पत्रिका सिरहा on Friday, December 10, 2021
काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।
‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली काँग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा (माले)का महासचिव सिपी मैनालीसहितका नेताहरु सहभागी भएका छन् ।
त्यस्तै भारतलगायत विभिन्न देशबाट त्यहाँका राजनीतिक दलका नेताहरु पनि कांग्रेस महाधिवेशनलाई शुभकामना दिन आएका छन् । भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न साँस्कृतिक झलकहरु पनि प्रदर्शन गरिएको छ ।